माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन, पार्टीको आन्तरिक तयारी लगायतका विषयहरूमा छलफल हुनेछ ।

जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =