‘जेरी अन टप’ को पहिलो गीत सार्वजनिक (भिडिओ)
२०८२ असोज ६ गते

काठमाडौँ । अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’ को पहिलो गीत सार्वजनिक भएको छ ।
बडा दसैँको घटस्थापनाको अवसरमा निर्माण टिमले ‘कस्तूरी’ बोलको गीत आज युट्युबमा सार्वजनिक गरेको हो ।
उक्त गीतको भिडिओमा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । उनीहरूलाई गीतमा रोमान्टिक ‘लभ वर्ड’को रूपमा देखाइएको छ ।
सुयोग गुरुङले निर्देशन गरेको चलचित्र ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।
‘जेरी अन टप’ यही असोज ३१ गतेबाट प्रदर्शन हुदैँछ ।
भिडिओ :
२०८२ असोज ६ गते
प्रतिक्रिया
सम्बन्धित








