आगजनी भएका सवारीसाधनहरूको व्यवस्थापन सुरु (तस्बिरहरू)

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र आगजनी भएका सवारीसाधनहरूको व्यवस्थापन सुरु गरिएको छ ।

अन्तरिम सरकारले सिंहदरबारभित्र जेन जी आन्दोलनकारीले जलाएका सवारीसाधनहरूको व्यवस्थापन सुरु गरेको हो ।

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा सवारीसाधनसहित सरकारी र निजी सम्पत्तिमाथि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए ।

आगजनी भएका सवारीसाधनहरू नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसर, टेकु र कपनमा राखिएको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =