काठमाडौँ प्रहरी प्रमुख परिवर्तन, एसएसपी रमेश थापाको इन्ट्रि !
२०८२ असोज २ गते

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख एसएसपी विश्व अधिकारीको सरुवा गरिएको छ ।
उनलाई हटाएर एसएसपी रमेश थापालाई काठमाडौँको जिल्लाको जिम्मेवारी दिइएको हो ।
एसएसपी थापा हाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए ।
जेनजी आन्दोलनमा काठमाडौँ प्रहरीले अपेक्षित कार्य प्रदर्शन गर्न नसकेको भन्दै जिम्मेवारी हेरफेर गरिएको हो ।
यसअघि, परिसरका दुई एसपीलाई पनि अन्यत्र स्थानान्तरण गरिएको थियो ।
२०८२ असोज २ गते
प्रतिक्रिया
सम्बन्धित








