जेनजी आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन (तस्बिरहरू)
२०८२ असोज १ गते

काठमाडौँ । जेन–जी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा बुधवार अपराह्न दीप प्रज्वलन गरिएको छ ।
बुधवार काठमाडौँको माइतीघर मण्डलामा भेला भएर मृतकका परिवार तथा जेन–जीहरूले देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् । मृतकप्रति श्रद्धाञ्जली दिँदै परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे ।
उनीहरूले देशमा आफूहरूको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे । गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेन–जीको आन्दोलनको क्रममा देशभर ७४ जनाको मृत्यु भएको थियो । सयौँ घाइते भएका थिए ।
हेर्नुहोस् तस्बिरहरू :

२०८२ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








