तीन मन्त्रीद्वारा क्षतिग्रस्त संसद भवनको अनुगमन (तस्बिरहरू)

काठमाडौँ । सरकारका मन्त्रीहरूले जेन—जी प्रर्दशनकारीहरुले आगजनीसहित क्षति पुर्याएका संघीय संसद भवनको अवलोकन गरेका छन् ।
अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङ, गृह एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले बुधवार अपराह्न नयाँ बानेश्वरस्थित खण्डहर अवस्थामा रहेको सो भवनको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा मन्त्री घिसिङले सो भवनलाई पुरानै अवस्थामा ल्याउने गरी तत्कालीन र दीर्घकालीन खालको योजनासहितको कामलाई अघि बढाउने योजना सार्वजनिक गरे ।
उनले तत्कालका लागि भने सफाइ, डिजाइन लगायतको काम अघि बढाउने पनि बताए ।
मन्त्री घिसिङले भने ‘क्षतिको तत्काल आङ्कलन गरेर यसलाई कसरी सर्ट टर्ममा, लङ टर्ममा कसरी यसको पुनर्निर्माण गर्ने भन्ने विषयमा हामी तत्कालै अघि बढछौं । यसको डिजाइनदेखि लिएर सबै काम गर्न अलि समय लाग्छ । र हामी यसलाई पहिला जस्तो अवस्थामा थियो, त्यस्तै अवस्थामा पुयाउन समय लाग्छ । तर हामी तत्कालै गर्नुपर्ने कामहरू सफाइलगायतका कामहरू तत्काल नै गर्छौँ ।’
यसअघि मन्त्री घिसिङले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतको पनि अवलोकन गरी क्षतिको यकिन वितरण ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
हेर्नुहोस् तस्बिरहरू :









