कुलमानले लिए झलनाथ खनालकी पत्नीको स्वास्थ्यबारे जानकारी
२०८२ असोज १ गते

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग उनकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
गत २४ भदौमा काठमाडौंको डल्लुमा जेनजी समूहले आयोजना गरेको प्रदर्शनपछिको तोडफोड र आगजनीमा परेर चित्रकार गम्भीर घाइते भएकी थिइन् । उनी हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छिन् ।
ऊर्जामन्त्री घिसिङले मंगलबार खनाललाई फोन गरेर चित्रकारको स्वास्थ्यबारे बुझेका हुन् । घिसिङको सचिवालयका एक सदस्यका अनुसार, चित्रकारले विगतमा घिसिङलाई पढाएकी थिइन् ।
‘गुरुआमाको स्वास्थ्यबारे बुझ्न हिजो नै उहाँले फोन गर्नुभएको थियो,’ ती सदस्यले भने, ‘अहिले स्वास्थ्य विस्तारै सुधार हुँदै गएको जानकारी झलनाथजीले गराउनुभएको छ ।’
२०८२ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








