जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सामूहिक शवयात्रा (तस्बिरहरु)
२०८२ भदौ ३१ गते

काठमाडौं । भदौ २३ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको आज सामूहिक शव यात्रा गरिएको छ ।
टिचिङ अस्पतालको शवगृहमा रहेका शवहरू आज दाहसंस्कारको लागि पठाइएको हो । आफन्तहरूले केही शव बुझिसकेका छन् भने बाँकी रहेका शवको शवयात्रा गरिएको हो ।
मृतकका परिवार, आफन्त, आन्दोलनकर्मी तथा नागरिकहरू शवयात्रामा सहभागी छन् । उनीहरूले मृतकका फोटो, पुष्पगुच्छा र राष्ट्रिय झण्डा बोकेका छन् ।
कतिपयले ‘निःसन्तानलाई के थाहा जेनजीको सपना ?’ लेखिएको कपडाले शरीर छोपेका छन्, जसले आन्दोलनप्रति भावनात्मक आक्रोश झल्काएको छ ।
सरकारले आन्दोलनमा ज्यान गुमाएकाहरुलाई ’शहीद’ घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । साथै, असोज १ गतेलाई राष्ट्रिय शोकको दिन घोषणा गर्दै सार्वजनिक बिदा पनि दिने निर्णय गरिएको छ ।

२०८२ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








