नयाँ र भव्य पार्टी कार्यालय बनाउँछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रले नयाँ तथा भव्य केन्द्रीय पार्टी कार्यालय निर्माण गर्ने भएकाे छ ।

कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पुरानो पार्टी कार्यालय जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि नयाँ कार्यालय निर्माणको तयारी थालिएको हो ।

आज पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगलागीबाट क्षति पुगेको पार्टी कार्यालयको अवलोकन गरेका थिए ।

अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले देशभरिका कार्यकर्ता तथा शुभेच्छुकहरूको सहयोगमा नयाँ तथा आधुनिक कार्यालय निर्माण गरिने जानकारी दिए ।

‘देशभरका कार्यकर्ताहरूको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ,’ प्रचण्डले भने । तर नयाँ कार्यालय कहाँ बनाइने भन्नेबारे उनले स्पष्ट पारेनन् ।

प्रचण्डका अनुसार बैठकका माइन्युट, पुस्तकालयका केही अंश तथा केही कम्प्युटरहरू सुरक्षित छन् । उक्त सामग्रीहरू जोगाउन योगदान दिने कर्मचारी र कार्यकर्ताप्रति उनले आभार व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =