गृहमन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयमा सारियो (तस्बिरहरु)

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले जलाएर ध्वस्त पारेको गृहमन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालय भवनमा सारिएको छ । अबदेखि गृह प्रशासनसम्बन्धी सम्पूर्ण कार्य सञ्चालन उक्त नयाँ स्थानबाट हुनेछ ।

सरकारले अस्थायी रूपमा भए पनि मन्त्रालयको नियमित कामकाज नरोखिने गरी स्थानान्तरणको निर्णय लिएको हो । नयाँ गृहमन्त्रीले पनि यही स्थानबाट आफ्नो जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।

केही साताअघि जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले सिंहदरबारस्थित गृहमन्त्रालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । यसबाट मन्त्रालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । सुरक्षा निकायको प्रतिवेदनअनुसार घटनामा महत्त्वपूर्ण कागजात तथा उपकरणहरू पनि नष्ट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =