प्रतिनिधिसभा विघटनप्रति माओवादी केन्द्रको गम्भीर असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति गम्भीर असहमति जनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

‘बैठकले वर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसद विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर रूपमा असहमति रहेको निर्णय गरेको छ,’ बैठकपछि माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

माओवादी केन्द्रले वर्तमान राजनीतिक परिस्थितिको गहिरो विश्लेषण गर्दै प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक कदमको रूपमा व्याख्या गरेको छ । पार्टीले संसद विघटनको विकल्प लोकतान्त्रिक अभ्यासको अधोपतन हुने ठहर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + fifteen =