जेनजी आन्दोलनमा गोली लागेर मृत्यु भएका ९ जनाको टिचिङमा पोस्टमर्टम सुरु

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाएका व्यक्तिहरूको शवको पोस्टमर्टम प्रक्रिया सुरु गरिएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागले शुक्रबारदेखि शव परीक्षण थालेको हो ।

शुक्रबार बिहान मृतकका परिवारहरू प्रहरी परिसर काठमाडौंबाट आवश्यक कागजात लिएर शिक्षण अस्पताल पुगेका थिए ।

फरेन्सिक विभागका अनुसार आज ९ जना मृतकका परिवारले प्रहरीको आधिकारिक पत्र बुझाएपछि पोष्टमर्टम प्रक्रिया सुरु गरिएको हो ।

प्रहरीसँगको समन्वय नहुँदा शवहरू शिक्षण अस्पतालको शवगृहमा सुरक्षित रूपमा राखिएको थियो । आज भने प्रहरीको पत्रसहित परिवारले उपस्थिति जनाएपछि प्रक्रिया अगाडि बढाइएको फरेन्सिक विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 14 =