हामी सबै तनावमा छौँ, गल्तीप्रति आत्मालोचित होऔँ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले इतिहासकै गम्भीर सङ्कटको अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

उनले जेनजी आन्दोलनबाट एमाले सरकार ढलेपछि यस्तो टिप्पणी गरेका हुन् । उनले आफूहरू तनावमा रहेको भन्दै उत्तेजनामा नआउन आग्रह गरेका छन् ।

उनले विकसित घटनाहरूलाई विश्लेषण गरेर आफ्नो कमजोरीको समीक्षा गर्ने र गल्तीप्रति आत्मालोचित हुन आग्रह गरेका छन् ।

उनले अब पार्टी सङ्गठन र नेतृत्वको नयाँ ढङ्गले निर्माण गर्न आग्रह गरेका छन् ।

यस्तो छ उनको स्टाटस

प्रिय कमरेडहरू
हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउडैन । तसर्थः
१. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौ । गÞल्तीप्रति आत्मालोचित होऔ ।
२. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ । यो काम होशियारी पूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस ।
३. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौ ।
४. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णतः पारदर्शी र लोकतान्त्रिक बनाऔ ।
५. जनतामा जाऔ, जनतालाई सुनौ र त्यस अनुसार निर्णय गरौ ।
६. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया÷ बाँया नजाऔ ।
७. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौ ।
८. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔ ।
९. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्ट्रीय समुदायलाई आह्वान गरौ ।
१०. ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौ ।
नेपाल बचाऔ
नेपालीत्व जोगाऔ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =