सामूहिक राजीनामा दिने राप्रपाका सांसदहरूको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघीय संसद् र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामा दिने निर्णय गरेका छन् ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले वर्तमान सरकार, संसद र संविधानको नै औचित्य समाप्त भइसकेको बताए ।

‘देशभित्र व्याप्त असन्तोष, सत्ता संरचनाको विफलता र आम जनताका आकांक्षामाथि भएको धोखाधडीका कारण संसदमा बसिरहनुको कुनै अर्थ छैन,’ श्रेष्ठले भने, ‘त्यसैले हामी सामूहिक रूपमा संसदबाट बाहिरिने निर्णयमा पुगेका छौँ ।’

राप्रपाले हाल भइरहेको जेनजी पुस्ताको आन्दोलनलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै उनीहरूको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ ।

पार्टीले नयाँ राजनीतिक समझदारी र जनतामुखी परिवर्तनको दिशामा अग्रसर हुन पनि सबै पक्षलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =