जनकपुरमा एमाले सचिव महासेठको घरमा ढुंगामुढा
२०८२ भदौ २४ गते

काठमाडौं । देशव्यापी रूपमा चर्किएको ‘जेनजी’ प्रदर्शनले दोस्रो दिन थप उग्र रूप लिएको छ । यसै क्रममा आज नेकपा एमालेका सचिव रघुवीर महासेठको जनकपुरस्थित निजी निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ भरमपुरीस्थित महासेठको घरमाथि प्रदर्शनकारीहरूले निशाना साँधेका हुन् । प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रोशित भीडले ढुंगामुढा गर्दा घरमा सामान्य क्षति पुगेको छ ।
पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमार्फत संगठित भएका जेनजी समूहले विभिन्न माग राख्दै देशभर प्रदर्शन गरिरहेका छन् । यस क्रममा प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी तोडफोड तथा आगजनीका घटनाहरूलाई तीव्रता दिएका छन् ।
२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








