बानेश्वरमा प्रहरीले फेरि गर्यो धरपकड (तस्बिरहरू)
२०८२ भदौ २४ गते

काठमाडौं । नयाँ बानेश्वर चोकमा ‘जेनजी’ पुस्ताको आन्दोलनको दोस्रो दिन प्रहरीले सर्वसाधारणमाथि धरपकड गरेको छ । प्रदर्शनमा सहभागी नभएका युवाहरूलाई समेत प्रहरीले निशाना बनाएका हुन् ।
शान्तिपूर्ण रूपमा हिँडिरहेका तथा चोकमा रहेका युवाहरूमाथि प्रहरीले एकाएक लाठी प्रहार गरेको हो । प्रहरीको यस कार्यबाट केही युवाहरू गम्भीर घाइते भएको र उनीहरूलाई निर्घात कुटपिट गरिएको छ ।
प्रहरीको यस अमानवीय व्यवहारले स्थानीय तथा सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । शान्तिपूर्ण भेला तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको रक्षा गर्नुको सट्टा प्रहरीले बल प्रयोग गरेको भन्दै विभिन्न संघसंस्थाहरूले विरोध जनाएका छन् ।

२०८२ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








