जेनजी आन्दोलनलाई लक्षित गर्दै ललितपुरमा कर्फ्यु

काठमाडौं । जेनजी (Gen Z) आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले आज मंगलबार बिहानैदेखि कर्फ्यु आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को बमोजिम ललितपुर महानगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रमा बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि कर्फ्यु लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार, ललितपुर महानगरपालिकाको वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कर्फ्यु लागू हुनेछ । यी तोकिएका सिमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कडा आदेश जारी गरिएको छ ।

  • हेर्नुहोस् आदेश :- 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =