चीन भ्रमण छोट्याएर नेपाल फर्किँदै डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आफ्नो एक हप्ते चीन भ्रमण छोट्याएर भोलि (बुधबार) नेपाल फर्कने भएका छन् । देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै उनले पूर्वनिर्धारित कार्यक्रम छोट्याउने निर्णय गरेको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन् ।

चीनको सान्सी विश्वविद्यालयको निमन्त्रणामा सियान सहर पुगेका डा. कोइराला ‘बेल्ट एन्ड रोड-क्षेत्रीय सहकार्य, प्रशासन र विकास गोष्ठी’मा प्रमुख वक्ताका रूपमा सहभागी भइरहेका थिए । तर, उनले निर्धारित समयभन्दा अगाडि नै स्वदेश फर्किने निर्णय गरेपछि यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

डा. कोइराला भोलि बुधबार रातिसम्म नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । उनको हतारको स्वदेश फिर्तीले नेपाली राजनीतिमा थप सरगर्मी बढाउने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =