युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद् बैठकमा नेपाललाई प्रतिनिधित्व गर्दै एससिटीका सिइओ

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) का प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज घिमिरेले हालसालै सम्पन्न युनियनपे इन्टरनेशनलको क्षेत्रीय परिषद् बैठकमा नेपाल र दक्षिण एसियाली क्षेत्रलाई प्रतिनिधित्व गर्दै बैठकमा भाग लिएका थिए ।
यस मञ्चले एसिया–प्रशान्त क्षेत्रका बैंकिङ तथा वित्तीय उद्योगका नेतृत्वलाई डिजिटल भुक्तानीको भविष्य र क्षेत्रीय सहकार्यबारे छलफल गर्न एकसाथ ल्याएको बताइएको छ ।
बैठकमा उनले अझ गहिरो क्षेत्रीय सहकार्य र Payment Systems हरू उच्च अन्तर–सञ्चालन क्षमताको हुनु पर्ने पक्षमा दृढ वकालत गरेको बताए ।
उक्त बैठकमा उनले सुरक्षित, समावेशी र अन्तरसञ्चालनशीलता भुक्तानी प्रणाली निर्माण गर्नु पर्ने आवश्यकतामा जोड दिएको बताए ।
साथै, उच्च–स्तरीय प्यानल छलफलमा उनी सँगै अन्य बैंक, वित्तीय संस्था तथा फिनटेक कम्पनीहरू, जस्तै Commonwealth Bank of Australia, DBS Bank Limited, Institute of International Finance आदिका प्रतिनिधिहरू सँग प्रमुख वक्ताको रूपमा सहभागी भई उनले अहिलेको उदाउँदो भुक्तानी प्रवृत्ति, सहकार्यका अवसर, र एसिया–प्रशान्त क्षेत्रमा भुक्तानी विकासबारे आफ्ना विचारहरू प्रस्तुत गरेको बताए ।








