जेन–जीको सडक आन्दोलनलाई रास्वपाको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी युवाहरुले आयोजना गरेको सडक आन्दोनललाई समर्थन जनाएको छ ।
रास्वपाले सरकारको भ्रष्टाचार र अधिकार हननका विरुद्ध आयोजना गरिएको प्रदर्शनलाई पूर्ण समर्थन जनाएको हो ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै नेपालको नवयुवक शक्ति सडकमा उत्रनु एउटा सकारात्मक र ऐतिहासिक कदम रहेको बताएका छन् ।
सरकारको कुशासन र मौलिक अधिकारको उल्लंघनको विरोधमा पार्टीको तर्फबाट समर्थन सुनिश्चित गरेको रास्वपाले विज्ञप्तीमा उल्लेख गरेको छ ।
महामन्त्री बुर्लाकोटीले भनेका छन्–‘हामी जेनजको संघर्षमा उनीहरूको साथमा छौं । यस जनआन्दोलनमा भाग लिएका युवाले नेपालका आगामी भविष्यको लागि ठूलो परिवर्तन ल्याउन सक्ने क्षमता राख्छन् ।’
उनले सरकारलाई चेतावनी दिँदै भने, ‘सरकारको असंवेदनशीलता र दमनकारी प्रवृत्तिलाई कुनै पनि हालतमा सहन गर्न सकिँदैन । जेनजको आन्दोलनलाई बिथोल्न, घुसपैठ गर्न वा दमन गर्ने कार्य नगर्नुहोस्। हामी यसमा कडा निगरानी राख्नेछौं ।’








