जेन–जिको आन्दोलनमा मेयर बालेनको समर्थन
२०८२ भदौ २२ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर मेयर बालेन शाहले भोली हुन लागेको आन्दोलनबारे आफ्ना विचार सार्वजनिक गरेका छन् ।
मेयर शाहले यो आन्दोलन स्वस्फूर्त र जेन-जि (Gen Z) ले नेतृत्व गर्ने एक ऐतिहासिक कदम रहेको बताएका छन् । उनले २८ वर्ष मुनिका युवाहरूको उद्देश्य र सोच बुझ्न महत्त्वपूर्ण रहेको बताए ।
‘भोलिको र्याली स्वस्फूर्तरुपमा जनताको आवाज हुनेछ, र यो कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद वा अभियन्ताले आफ्नो स्वार्थ पूरा गर्ने माध्यम बन्नु हुँदैन,’ मेयर शाहले भने ।
उनले आफ्नो सन्देशमा थपे, ‘म उमेरको कारण र्यालीमा जान सक्दिनँ, तर मैले युवाहरूको चाहना र उद्देश्य बुझ्न चाहन्छु । मेरो पूर्ण समर्थन छ ।’
उनले जेन-जि सँग प्रश्न पनि राखेका छन् । उनले ‘प्रिय जेन-जि, तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’ प्रश्न गरेका छन् ।
२०८२ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








