बस र पेट्रोल बोकेको ट्याङ्कर एक आपसमा ठोक्किँदा १३ जना घाइते

काठमाडौँ । ६० जना यात्रु सवार बस र पेट्रोल बोकेको ट्याङ्कर एक आपसमा ठोक्किएको छ ।

शनिवार धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ स्थित बादरेमोडस्थित पृथ्वी राजमार्ग सडकखण्डमा उक्त बस र ट्याङ्कर एक आपसमा ठोक्किएको हो ।

ठोक्किएको सवारीहरू काठमाडौँबाट वीरगन्ज जाँदै गरेको ना ४ ख २८९४ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ३१३३ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसमा सवार बसमा ६० जना मध्य १३ जना घाइते भएका छन्।

घाइते भएकाहरूलाई उपचारका लागि मलेखुस्थित राजमार्ग अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरू सबै धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ का रहेका छन् ।

घाइते भएकाहरू

  • २० वर्षीया सरिता चेपाङ,
  • ४५ वर्षीया हरिबहादुर चेपाङ,
  • ६० वर्षीय होमबहादुर चेपाङ,
  • २० वर्षीया अप्सरा चेपाङ
  • १३ वर्षीया मनिषा परियार,
  • १२ वर्षीय नवीन चेपाङ,
  • १३ वर्षीय रञ्जित चेपाङ,
  • ६८ वर्षीया फुलमाया चेपाङ,
  • ४९ वर्षीय विष्णु चेपाङ,
  • २८ वर्षीया कल्पना चेपाङ,
  • ४० वर्षीया तारा बानिया,
  • ३६ वर्षीया संगिता चेपाङ
  • र १० वर्षीय अजय चेपाङ रहेका छन् ।

अहिले बसचालक र ट्याङ्कर चालक दुवै थोकर प्रहरीको नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =