शनिबार देशभर बदली, यी क्षेत्रमा वर्षाको चेतावनी

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले नेपालभर यसको प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

आज बिहानैदेखि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षाले जनजीवन प्रभावित पारेको छ ।

महाशाखाको पछिल्लो बुलेटिन अनुसार, दिउँसो देशभर साधारणतया बदली रहनेछ । विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना औँल्याइएको छ । यसैगरी, बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा पनि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आज राति पनि मनसुनको प्रभाव कायमै रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ । राति पनि देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

मौसमविद्हरूले मनसुन सक्रिय रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । विशेषगरी पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई सावधानी अपनाउन र नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 16 =