राप्रपामा कुनै गुटउपगुटको समस्या छैन : राजेन्द्र लिङ्देन

लमजुङ । राष्ट्रिय प्रजान्तन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न पार्टीमा गुटउपगुट हुँदा समस्या देखिएको भन्दै राप्रपामा गुटउपगुटको समस्या नभएको बताएका छन् ।

बेँसीसहर नगरपालिका–७ मा आज आयोजित राप्रपा लमजुङको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले राप्रपा एकताबद्ध रूपमा अघि बढेकाले कुनै समस्या नरहेको धारणा राखे ।

देश र जनताका लागि सङ्घर्ष गर्दै आएको पार्टी भएकाले एकता र समन्वयमार्फत जनहितलाई केन्द्रमा राखेर राप्रपाले काम गर्ने अध्यक्ष लिङ्देनले उल्लेख गरे ।

प्रत्यक्ष जनताले चुनेर कार्यकारिणी प्रधानमन्त्री हुनुपर्ने माग आफ्नो पार्टीको रहेकामा उहाँले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =