कुपण्डोलमा लेमिनार टायल्सको नयाँ डिलर शोरूम उद्घाटन

काठमाडौँ । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले ललितपुरमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ।

ललितपुरको कानदेउतास्थान, कुपण्डोलस्थित सेरामिक सन्सार प्रा.ली.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो।

शुक्रवार आयोजित औपचारिक समारोहमा सेरामिक सन्सार प्रा.ली.का सन्चालक कृष्ण कोइराला र टेक बहादुर टमाटा र लेमिनार टायल्सका निर्देशक आशुतोश खेतानले संयुक्त रूपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरूमको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै निर्देशक आशुतोश खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरू टायल्स भन्दा बढी रहेको र लेमिनार टायल्सले देशभर १०० भन्दा बढी विशेष शोरूमहरू स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए।

बर्दियाको गुलरियामा १२.५ बिगाहा क्षेत्रफलमा अवस्थित अत्याधुनिक युरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ। कम्पनीले ५०० भन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ। यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =