स्मार्ट च्वाईस टेक्नोलोजिजद्वारा थ्रीडीएस एस्सेस कन्ट्रोल सर्भिस सेवाको शुभारम्भ

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले थ्रीडीएस एस्सेस कन्ट्रोल सर्भिस (ACS) सेवा सफलतापूर्वक सुरुवात गरेको छ ।

एस्सेस कन्ट्रोल सर्भिस विश्वव्यापी 3D Secure प्रोटोकलको महत्त्वपूर्ण अङ्ग हो, जसले कार्डवाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्छ ।

Global IME Bank नेपालमा SCT को 3DS ACS सेवामा आबद्ध हुने पहिलो बैंक बनेको छ । त्यससँगै, NMB Bank लाई पनि यो सेवा प्रदान भइसकेको छ, जसले यस सेवाको पहुँच अझ विस्तार गरेको छ । यी सहकार्यहरूमार्फत Global IME Bank र NMB Bank  का कार्डवाहकहरूले अब अनलाइन कारोबार गर्दा अझ सुरक्षित र सहज प्रमाणीकरण सुविधा पाउने कम्पनीले जनाएको छ ।

यसले अनलाइन कारोबार गर्दा रियल–टाइम प्रमाणीकरण र ठगी रोकथाममा सहयोग प्रदान गर्ने भएकाले अनलाइन किनमेल, टिकटिङ, र अन्य भुक्तानी अनुभवलाई अझ सुरक्षित र विश्वासिलो बनाउने कम्पनीले जनाएको छ ।

यसले ग्राहकको डिजिटल च्यानलमा विश्वास बढाउनुका साथै नेपाललाई अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्थाहरूको सुरक्षाका मापदण्डसँग नजिक
ल्याउँदै, नगदविहीन अर्थतन्त्रतर्फको यात्रालाई पनि टेवा पुर्‍याउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =