गिरी-सेनको वाकयुद्धले लियो उग्र रूप, भोजपुरी सिस्टम भित्रिएकोप्रति दीपकको चिन्ता !

काठमाडौं । नेपाली फिल्म उद्योगमा यतिबेला निर्माता तथा निर्देशक सन्तोष सेनको नयाँ चलचित्र ‘बलिदान’लाई लिएर आरोप प्रत्यारोपको सिलसिला चर्किएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले ‘बलिदान’को टिमले आफ्ना प्रतिस्पर्धी चलचित्रहरूमाथि नकारात्मक प्रचार गरेको भन्दै गम्भीर आरोप लगाएपछि विवाद फेरि चर्किएको हो ।

बुधबारबाट एकाएक सामाजिक सञ्जालमा चर्किएको विवाद आरोप प्रत्यारोपसँगै प्रहरीसम्म पुगेको छ । अभिनेता गिरीले आफ्नो पछिल्लो फेसबुक स्टाटसमा सन्तोष सेनलाई प्रत्यक्ष रूपमा इंगित गर्दै सामाजिक सञ्जालमा गरिएका क्रियाकलापप्रति चर्को आपत्ति जनाएका छन् । उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘म आज म लेख्दैछु…। खेताला संस्कृति र प्रहार गरिएकाको प्रतिवादमाथि गरिएको एउटा कलाकारको आवाजमा मेरा केही शब्दहरू सुन्नुहुँदा मेरो मानसिक अवस्था केही खुल्छो ।’

गिरीले सन्तोष सेनको समूहले आफ्ना चलचित्रहरूको ‘बलिदान’को पोस्टमा नकारात्मक कमेन्ट गर्न लगाएको आरोप लगाएका छन् । ‘हजारौंको संख्यामा इनबक्स मा नै आएर तथानाम भन्छनु । हामीलाई सपोर्ट गर्ने मान्छेलाई गाली गर्न धम्काउछन आफ्ना घरका गन । साइबर कार्यालय जाऊँ भन्ने कानून हामी फलो गर्छौ । त्यसैले लाज बिउझाउ बिदा दिनुस अब, आराम गर्नुस्,’ गिरीले चेतावनीयुक्त भाषामा लेखेका छन् ।

उनले यो कार्यलाई खेताला संस्कृति को संज्ञा दिँदै यसले चलचित्र क्षेत्रमा विकृति ल्याएको बताएका छन् । ‘कस्तो शान्त क्षेत्र थियो , सबै मिलेरै चलचित्र चलाउँथ्यौ सबैको राम्रै भइरहेको थियो , पोहोर साल देखि कस्तो भोजपुरी system भित्र्यायौ हामीले ? चुनाव जस्तो बनायौ, हराऔँ, जिताऔँ ! ठोकौँ, सिद्ध्याऔँ , मारौँ , काटौँ फिल्ममा एक्सन गर्नेले रियल मै एक्सन प्रदर्शन गर्न थाले ! यो खेताला संस्कृति अन्त्य गर्नुपर्छ, थाहा छ यो लडाइमा ममाथि आक्रमण पनि हुन सक्ला तर अन्यायविरुद्ध लाग्ने आफ्नो स्वभावको कारण पनि अब पछि हट्न सकिन्न ! साथ सहयोगको अपेक्षा छ,’ उनले भने ।

सन्तोष सेनको अडान र चुनौती:
रोहित अधिकारीको पोस्टमा सन्तोष सेनले ‘बलिदान’को पोस्टरमा रहेका प्रेम पुरी र दीपक गिरीका बीचमा ‘झगडा’ गराएको आरोप लागेको छ । अधिकारीले सेनले आफ्नो फिल्ममाथि नकारात्मक टिप्पणी गर्न लगाएको भन्दै साइबर ब्यूरोमा उजुरी समेत दिएका छन् ।

तर, सन्तोष सेनले यस आरोपलाई ठाडै अस्वीकार गर्दै आफ्नो अडान राखेका छन् । उनले रोहित अधिकारीलाई चुनौती दिँदै भनेका छन्, ‘दाजु तपाइँलाई जुनसुकै लुप्त लागे पनि लुप्त लाग्ने काम गर्ने होला ? ‘साइबरमा उजुरी दिएँ, सन्तोषको मान्छे ले मलाई र दाईलाई नेगेटिव कमेन्ट गरिरहेको छ’ भन्ने भन्ने ! उसको यस्तो पिडा सुन्योपि छियो पिडा आफ्नो जस्तो लाग्यो र उनलाई भेट्न गएँ, उनका सबै कुरा सुने, लोभै हाम्रो अडिओ प्रहार गरिएकाको मेरो यो पीडासूक्त भाषणले म खादै बोलेको ।’

सेनले ‘बलिदान’ को प्रचारमा कसैलाई पनि नकारात्मक टिप्पणी गर्न नलगाएको दाबी गरेका छन् । बरु उनले आफ्नो चलचित्रको पक्षमा सकारात्मक प्रतिक्रिया दिन आग्रह गरेका छन् । ‘सामाजिक सञ्जालमा कुरा सामाजिक सञ्जालमा नै फैलाउनु पर्छ भनि भयो तर हाम्रो त्यो कुरालाई अलिगेटरी गरेर सन्तोष भाइले मेरो नाम तोकेर साइबर पानी माथिको ओभानो हुन खोजे, तर उनले रोहित अधिकारीलाई बिहान देखि फलो गरेको र हामि सँगको बफादार मान्छे लगाएर आफू बाहिर बलियो प्लानिङ गरेको, भिडियो प्रहार गरिएको म आफूलाई भान भएको छ ।’

सेनले आफ्नो फिल्मको कथावस्तु राष्ट्रिय भावनामा आधारित रहेको र यसलाई कमजोर पार्न खोजिएको आरोप समेत लगाएका छन् । ‘यदि कसैलाई मेरो बलिदानको पोस्टरमा आउने कमेन्टहरू मैले वा मेरो टिमले गरेको प्रमाण छ भने, म जुनसुकै सजाय भोग्न तयार छु,’ सेनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =