नागरिकता बस र सिनेमाको टिकट जसरी दिनहुन्न : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्र्टीका सांसद प्रेम सुवालले नेपालको नागरीकता बसको टिकट जसरी दिन नहुने बताएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरीकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताएका हुन् । खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उनले जोड दिए ।

उनले देशको खुला सीमानाको समस्या समाधान नगरेसम्म नागरिकता सम्बन्धि समस्या समाधान नहुने बताए ।

उनले गैरआवसीय नेपाली नागरीकताको बारेमा पुनारावलोकन गर्नुपर्ने बताए । ‘नेपालको नागरीकता बस र सिनेमाको टिकट जस्तै जो सुकैलाई सजिलै दिन हुँदैन । नेपालका आन्दोलनलाई भारतीय शासक वर्गको सहयोग भएको भन्दैमा खुला सीमाना भएको देशमा जन्मको आधारमा नेपाली नागरीकता दिनुपर्ने कानून चाहिन्छ’ उनले भने ।

सांसद सुवालले व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र उद्योग व्यापारसमेतका लागि वंशजका आधारमा नेपाली नागरिकता आवश्यक हुने व्यवस्था गर्नुपर्नेे जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =