रोहित अधिकारीले दिए सन्तोष सेनविरुद्ध जाहेरी
२०८२ भदौ १७ गते

काठमाडौँ । चलचित्र ‘माइतीघर’का निर्माता रोहित अधिकारीले चलचित्र ‘बलिदान’ निर्माता तथा निर्देशक सन्तोष सेनविरुद्ध जाहेरी दिएका छन् ।
दुवै चलचित्र आउँदो दसैँको फूलपातीमा प्रदर्शन गर्ने तयारीमा रहेको छ ।
अधिकारीले भोटाहिटीस्थित साइबर ब्युरोमा पुगेर जाहेरी दर्ता गरेका हुन् ।
‘बलिदान’बाट आफ्नो चलचित्र ‘माइतीघर’लाई क्षति पुग्ने गरी सामाजिक सञ्जालमा नकारात्मक कमेन्ट गरिएपछि आफू साइबर ब्युरो गुहार्न बाध्य भएको उनले बताएका छन् ।
उनले भने, ‘साइबर स्यालहरूले हामीमाथि नकारात्मक कमेन्ट गर्दै निरन्तर प्रहार गरिरहेका छन् । यही कारण गालीगलौज अन्तर्गतको जाहेरी लिएर साइबर ब्युरो पुगेको हुँ ।’
उनले जाहेरी दर्ता नम्बर २५६८ भएको पनि बताएका छन् ।
आउँदो दसैँको फूलपातीमा तीन चलचित्र ‘माइतीघर’, ‘बलिदान’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउँदै छ ।
२०८२ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित








