प्रदेश लोकसेवा आयोगद्वारा कोशी प्रदेश प्रमुख खापुङ समक्ष प्रतिवेदन हस्तान्तरण

मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन आज बुझाएको छ ।

प्रदेश लोक सेवा आयोगको ऐन, २०७६ को दफा ४९ को उपदफा (१) बमोजिम प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले छैटौँ वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मुलुकको सार्वजनिक प्रशासन सेवा सञ्चालनका निम्ति आयोगले गर्दै आएका काम कारबाहीप्रति जनताको विश्वास रहेको उल्लेख गरे ।

उनले आयोगले गर्ने दरखास्त आव्हान, परीक्षा, उम्मेद्वार छनोटलगायत सम्पूर्ण क्रियाकलापप्रति जनताको भरोसा रहेको स्पष्ट पारे ।

प्रमुख खापुङले नेपालको संविधान र ऐन, कानुनअनुसार आयोगले समावेशी, योग्य, दक्ष, इमानदार र अनुभवी कर्मचारीको सिफारिस गर्ने गरेकामा प्रशंसा गरे ।

उनले प्रविधिको प्रयोग गरी जनतालाई सेवा गर्न सक्ने कर्मचारी प्रतिस्पर्धामार्फत छनोट गर्न सुझाव दिए ।

सो अवसरमा आयोगका अध्यक्ष गुरागाईँले आयोगले ५७० पदका लागि ५५२ जना उम्मेद्वार सिफारिस गरिएको मध्ये प्रदेशगत रूपमा कर्णाली प्रदेशबाट सबैभन्दा बढी ३४.६ प्रतिशत सिफारिस भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =