एआइजी कार्कीले रचना गरेको ‘हरिबहादुरको जुत्ता’को नयाँ गीत सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र हरि बहादुरको जुत्ताको नयाँ गीत ‘ढाका टोपी सिरैमा’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रहरीका एआइजी दानबहादुर कार्कीले रचना गरेको यो गीत आज सार्वजनिक गरिएको हो ।

यस गीतमा लोकप्रिय गायक आषिश अविरल र मेलिना राई को मनमोहक आवाज सुन्न सकिन्छ । प्रसिद्ध गीतकार कार्कीको लेखनमा तयार भएको यो गीत दीपक शर्माले सङ्गीतबद्ध गरेका छन् ।

यो गीतको भिडिओमा अभिनेता हरिवंश आर्चाय, प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

‘हरिबहादुरको जुत्ता’मा प्रियंका कार्की, दिव्यदेव पन्त, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपालको पनि अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् ।

कृष्ण थापाको छायांकन रहेको फिल्ममा सम्पादन नहकुल खड्काको छ । ‘हरिबहादुरको जुत्ता’ असोज १३ गते दशैंको फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =