सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा रहेको बताएका छन् ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमवार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजका आवश्यकताहरू सम्बोधन गर्न कठिन हुने अवस्था रहेको बताए । उनले बजेट निर्माण गर्दैगर्दा जनप्रतिनिधिले समग्र देशका विकासका आयोजना जोडदार ढंगले उठाउने गरेको भन्दै माग सम्बोधन गर्ने चाहना हुँदा हुँदै पनि साधन र श्रोतको सीमितताका कारण पूरा हुन नसकेको बताए ।

विधेयक पारित भएसँगै पूर्वाधारको क्षेत्रमा नयाँ ढोका खुल्ने जिकिर गरे ।

उनले भने ‘हामी यतिबेला पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा छौँ । हामीसँग ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजका आवश्यकताहरू सम्बोधन गर्न कठिन हुने अवस्था छ । बजेट निर्माण गर्दैगर्दा जनप्रतिनिधिले समग्र देशका विकासका आयोजना जोडदार ढंगले उठाउने गर्नुहुन्छ, ती जायज मागहरू राम्रोसँग सम्बोधन गर्न पाए हुन्थ्यो भन्ने लाग्छ तर त्यस हिसाबले जान श्रोतको सीमाले दिँदैन । आवश्यक ठानिएका योजना पनि सम्बोधन गर्न सकिँदैन ।’
उपप्रधानमन्त्री पौडेलले स्वदेश र विदेशको पुँजी परिचालन गर्ने र पूर्वाधार क्षेत्रमा लगानी गर्ने काममा सरकार लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =