रास्वपाका उम्मेदवारले रोके पत्रकार सम्मेलन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ का लागि चयन भएका उम्मेदवार डा. लेखजंग थापाले आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ ।

आइतबार उम्मेदवारका रुपमा चयन भएका थापाले आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय कार्यालय, वनस्थलीमा पत्रकारसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम राखिएको थियो ।

तर, विशेष कारणवश उक्त कार्यक्रम अर्को समयका लागि सारिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

उम्मेदवार थापालाई हाल बहुविवाहको आरोप लागेको छ र यस विषयलाई लिएर उनको विरोध पनि बढ्दै गएको छ । थापाले यस आरोपको बारेमा अझै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =