बीवाईडीको समर्थनमा एमक्यूबद्वारा प्रस्तुत ‘काठमाडौँ क्रोनिकल्स’ सम्पन्न

काठमाडौँ । एमक्यूब नेपाल र बीवाईडीको सहकार्यमा आयोजना गरिएको ‘काठमाडौं क्रोनिकल्स’ कार्यक्रम नक्सालस्थित मेरिएट काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवका रूपमा सम्पन्न उक्त कार्यक्रमले नेपाललाई व्यापारिक भेटघाट (MICE) को लागि नयाँ धारमा चिनाउन सफल भएको छ।
कार्यक्रम संस्कृति, सहकार्य र अन्वेषणको जीवन्त उत्सवसँगै समापन गरिएको थियो । एमक्यूब नेपालको मौलिक कार्यक्रमका रूपमा मेरिएट काठमाडौँमा सम्पन्न भएको यस पहलले सम्मेलन हल बाहिर गएर नेपालकै जीवन्त सम्पदामाझ सम्बन्ध र साझेदारीको अवधारणालाई विस्तार गर्न सफल भयो ।
यो कार्यक्रम मेरिएटको MICE (Meetings, Incentives, Conferences, and Exhibitions) ग्राहकहरुको लागि विशेष डिजाइन गरिएको थियो । सहरलाई जीवन्त बनाउन सफल यस कार्यक्रममा MICE उद्योगका सहभागीहरूले नेपालको सम्पदा र एडभेन्चरको अद्वितीय मेलको अनुभव गरेका थिए ।
एमक्यूब नेपालले यस वर्ष परम्परागत बैठकको सीमालाई तोड्दै सहभागीहरुलाई सहरकै बीचमा राखेर कार्यक्रम सञ्चालन गरेको हो । ‘काठमाडौँ क्रोनिकल्स मूलतः ट्रेजर हन्टको शैलीमा तयार गरिएको थियो, जसले साइटसिइंग गर्ने, स्थानीय संस्कृति बुझ्ने र टिम मिलेर गतिविधिहरु गर्ने अवसर एकसाथ प्रदान गरेको हो । सहभागीहरु बीवाईडी कारमार्फत नक्सालस्थित मेरिएटबाट प्रस्थान गरी काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर र स्वयम्भूनाथ लगायतका सम्पदास्थलहरूमा पुगेका थिए ।
हरेक सम्पदास्थलमा टोलीहरुले रिडलहरू हल गर्ने, कल्चरल च्यालेन्जहरु पूरा गर्ने र शहरको इतिहासका लुकेका कथाहरुलाई जीवन्त तरिकाले अनुभव गर्ने अवसर पाएका थिए । यात्राको प्रत्येक चरणले रमाइलो, साहसिक अनुभव र काठमाडौँको ऐतिहासिक सम्पदाको अनौठो अनुभूति प्रदान गरेको थियो । यस क्रममा कार्यक्रमले नेपाल केवल बैठक भेन्यु मात्र नभई व्यापार, संस्कृति र अनुभवहरू एकैसाथ पाउन सकिने गन्तव्य हो भन्ने सन्देश पनि दिएको थियो ।
यस एडभेन्चर सहितको कार्यक्रमको समापन फेयरफिल्ड बाड़ मेरिएट काठमाडौँमा भव्य उत्सव र सम्मान समारोहसँगै भएको थियो । विजेता टोलीलाई ‘काठमाडौँ एक्सपट्र्स’को उपाधि प्रदान गरिएको थियो ।
कार्यक्रमबारे बोल्दै मेरिएट इन्टरनेशनलका उत्तर भारत, नेपाल र भुटानका लागि मार्केट भाइस प्रेसिडेन्ट अरुण कुमारले काठमाडौँ क्रोनिकल्सले यस शहरको सम्पदा र संस्कृतिलाई सामान्य बैठकभन्दा पनि बेग्लै अनुभवका रूपमा उत्कृष्ट ढंगले प्रस्तुत गरेको बताए ।
उनले कार्यक्रमले एमक्यूब तथा बीवाईडीसँग मिलेर व्यापार र अन्वेषण दुवैका लागि नेपाल विशेष गन्तव्य रहेको बताए । ‘वास्तविक हस्पिटालिटी भनेको अर्थपूर्ण अनुभव सिर्जना गर्नु हो भन्नेमा मेरिएट विश्वास गर्दछ, र यो कार्यक्रमले एमक्यूब तथा बीवाईडीसँग मिलेर व्यापार र अन्वेषण दुवैका लागि नेपाल विशेष गन्तव्य हो भन्ने स्पष्ट पारेको छ’ उनले भने ।
एमक्यूब, बीवाईडी र मेरिण्टबीचको यस सहकार्यले इनोभेसन, हस्पिटालिटी र सम्पदालाई एउटै अनुभवमा जोड्न सफल भएको बताइएको छ । ‘काठमाडौँ क्रोनिकल्स’ले एमक्यूब नेपाल २०२५ लाई नयाँ स्तरमा पुन याउँदै MICE उद्योगले कसरी संस्कृति, दिगोपन र एडभेन्चर एकसाथ प्रस्तुत गर्न सक्छ भन्ने उदाहरण समेत प्रस्तुत गरेको छ ।








