गेटा मेडिकल कलेजमा डा. गोविन्द केसीको सत्याग्रह आजदेखि

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि निरन्तर आवाज उठाउँदै आएका प्रा. डा. गोविन्द केसीले आजदेखि गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्न लागेका छन् ।

केसीका सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसी आज दिउँसो १ बजेदेखि औपचारिक रूपमा सत्याग्रहमा बस्नेछन् । यसअघि उनी साढे १२ बजे पत्रकार सम्मेलन गर्दै आफ्नो माग र अभियानबारे जानकारी दिन लागेका छन् ।

चिकित्सा शिक्षा आयोगको २१ औं बैठकले एमबीबीएसका लागि १,३५९ सिट थपेर कुल २,६३५ पु¥याउने निर्णय गरेको थियो भने बीडीएसको सिट संख्या ६२५ निर्धारण गरिएको थियो । डा. केसी भने उक्त निर्णयको खुलेर विरोध गर्दै आएका छन् ।

सरकारी मेडिकल कलेजमा सिट संख्या बढाउनु पर्नेमा उल्टो गरी निजी कलेजमा सिट बढाइएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

डा. केसीले विगतमा पनि दर्जनभन्दा बढी सत्याग्रहमार्फत चिकित्सा शिक्षामा सुधारका लागि आन्दोलन गरेका छन् । उनी सार्वजनिक स्वास्थ्यसेवा पहुँचयोग्य, पारदर्शी र गुणस्तरीय बनाउन निरन्तर लागिपरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =