प्रधानमन्त्री ओलीले गरे धान उत्पादन विशेष क्षेत्रको अवलोकन (तस्बिरहरू)

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले थियानजिनको जिनान जिल्लास्थित सिआओझानको धान उत्पादन विशेष क्षेत्रको अवलोकन गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन पुग्नुभएका प्रधानमन्त्रीले यस क्रममा चीनको आधुनिक कृषि प्रविधि र धान उत्पादनको विशालतालाई नजिकबाट नियालेका हुन् ।

प्रधानमन्त्री ओली शनिबारदेखि चीन भ्रमणमा छन् । उनले हिजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्त्वपूर्ण भेटवार्ता गरेका थिए, जहाँ द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।

सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले धानका खेतहरूमा बनाइएका आकर्षक कलाकृतिहरू र विशाल कृषि भूमिलाई अवलोकन गरेका छन् । उनलाई यस क्षेत्रमा प्रयोग भइरहेका अत्याधुनिक प्रविधि र धान खेतीका नवीनतम् विधिहरूबारे जानकारी गराइएको थियो। चीनले कृषि क्षेत्रमा हासिल गरेको प्रगति र धान उत्पादनमा अपनाएको विशेष रणनीतिले नेपालको कृषि विकासका लागि पनि प्रेरणा प्रदान गर्न सक्ने विश्वास गरिएको छ ।

राष्ट्रपति सीको निमन्त्रणामा चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली बुधबारसम्म चीनमै रहनेछन् । शुक्रबार प्रतिनिधि सभालाई आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्रीले यस भ्रमण मुलुकको समग्र हित र विकासका लागि केन्द्रित रहने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =