चलचित्र ‘जनै हराएको मान्छे’ को ‘मुस्कुराएर’ बोलको गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ‘मुस्कुराएर’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रवार साँझ ओएसआरको युट्युब च्यानलमा उक्त गीत सार्वजनिक भएको हो ।

यस गीतको भिडिओमा अभिनेता विजय बराल र अभिनेत्री मिरुना मगर फिचर्ड रहेका छन् । भिडिओमा दुवैको लव केमेस्ट्रीलाई देख्न सकिन्छ । दुवै जना रातको समयमा काठमाडौँका सडकहरूमा रमाइरहेको देख्न सकिन्छ ।

यस गीतका लेखकरसंगीतकार तथा गायक प्रशान्त शिवाकोटी हुन् भने प्रमोद कोइरालाको अडियो एरेन्ज रहेको छ ।

भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आएको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ आजबाट दोस्रो हप्तामा प्रवेश गर्दै छ ।

हेर्नुहोस् भिडिओ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =