‘डबल या तेब्बर बबाल’ : भेस्पा र अप्रिलियाका ग्राहकलाई बम्पर उपहार !

काठमाडौं । नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भेस्पा तथा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पले यस वर्ष पनि ‘डबल या तेब्बर बबाल’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक नगद पुरस्कारदेखि थाइल्याण्ड भ्रमणसम्मका आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

दसैँ, तिहार र छठ पर्वलाई थप उल्लासमय बनाउने उद्देश्यका साथ ल्याइएको यस योजनामा भेस्पा वा अप्रिलिया स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । उक्त स्क्र्याच कार्डमा भएको क्यूआर कोड स्क्यान गरी ग्राहकले पाएको नगद पुरस्कारलाई दोब्बर वा तेब्बरसम्म बनाउने अवसर प्राप्त गर्नेछन् ।

यसका साथै, साप्ताहिक लक्की ड्रमार्फत चार रात पाँच दिनको थाइल्याण्ड भ्रमणको अवसर पनि प्रदान गरिने डेल्टा अटोकर्पले जनाएको छ । यो मात्र नभई, बम्पर पुरस्कारका रूपमा एक भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद जित्ने विशेष अवसर पनि प्राप्त गर्नेछन् ।

यसैगरी, ग्राहकहरूले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर साटफेर गर्दा न्यूनतम ४० हजार रुपैयाँ मूल्यांकन प्राप्त गर्न सक्नेछन् । साथै, स्क्र्याच कार्डमार्फत बजार मूल्यांकनभन्दा थप १ लाख ५० हजार रुपैयाँसम्मको फाइदा लिन सक्नेछन् ।

डेल्टा अटोकर्पले ग्राहकहरूको सुविधाका लागि आकर्षक वित्तीय योजनाहरू पनि ल्याएको छ । यसअन्तर्गत ४.९९ प्रतिशतको न्यून ब्याजदरमा ईएमआई सुविधा र शून्य सेवा शुल्कमार्फत स्कुटर खरिद गर्न सकिनेछ । यो योजना नेपालभरिका सबै भेस्पा र अप्रिलियाका आधिकारिक शोरूमहरूमा उपलब्ध हुनेछ ।

योजनाबारे बोल्दै डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत विजय महतोले भने, ‘डेल्टा अटोकर्प सधैँ आफ्ना ग्राहकहरूका लागि आकर्षक र लाभदायक योजनाहरू ल्याउन प्रतिबद्ध छ । यस वर्षको दसैँ, तिहार र छठ पर्वको उल्लासलाई अझ विशेष बनाउन हामीले ‘डबल अफ ट्रिपल बम्पर’ योजना सार्वजनिक गरेका छौँ । हामी विश्वस्त छौँ कि यस योजनाले ग्राहकहरूको चाडपर्वको रौनकलाई थप बढाउनेछ र उहाँहरूले यसबाट भरपुर लाभ लिन सक्नुहुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =