एमालेको विधान महाधिवेशनका लागि प्रस्तावित संशोधन प्रस्ताव ठिक छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रिय कमिटीले तयार पारेको दोस्रो विधान महाधिवेशनका लागि प्रश्तावित विधान संशोधन प्रश्ताव ठिक रहेको बताएका छन् ।

बिहीवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका विभिन्न जनवर्गीय संगठन र कमिटीहरुले बुझाएको सुझावलाई ग्रहण गर्दै उहाँले सञ्चारकर्मीमाझ सो दाबी गरेका हुन् ।

महासचिव पोखरेलले पार्टीको नवौं केन्द्रिय कमिटी बैठकले सुझावका लागि मातहतको कमिटीहरुलाई पठाएको सो प्रश्तावित संशोधन प्रश्ताव सैद्धान्तिक र आधारभुत दुवै रुपमा सही रहेको र त्यसमा सम्बन्धित पक्षले आफूहरुको हितमा केन्द्रित भएर सुझाव दिएको पनि जानकारी दिए ।

पार्टीका युवा, महिलालगायतका सम्बन्धित वर्ग र समुदायले आफूहरुको हितमा जोड दिएर सो प्रश्तावित विधान संशोधनका लागि रायहरु आएको पनि महासचिव पोखरेलको भनाई थियो ।

एमालेको सो विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुँदैछ ।

महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३ सय ७८ सहभागी हुने बताइएको छ । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ८ वटा उपसमिति बनाएर तयारीको कामलाई तिब्रता दिइएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =