नाइमा र नाडा अटो शोमा एलएस अटोको ८८ गाडी बुकिङ

काठमाडौँ । केहिसमय अगाडि राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको ‘नाइमा २०२५’ र ‘नाडा अटो शो २०२५’ मा विद्युतीय गाडी (ईभी) कम्पनी एलएस अटोले उल्लेखनीय बुकिङ हासिल गरेको छ ।
एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले नाइमा र नाडाको क्रममा कुल ८८ गाडीहरूको बुकिङ लिँदै उल्लेखनीय सफलता हासिल गरेको हो ।
भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’ साउन २१ गतेदेखि २६ गतेसम्म र ‘नाडा अटो शो-२०२५’ भदौको ३ देखि ८ गतेसम्म आयोजना भएको थियो । कम्पनीका अनुसार नाइमामा ३७ र नाडामा ५१ वटा गाडीको बुकिङ भएका छन् ।
चिनको संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो स्मार्ट लुक्स, आधुनिक फिचर र मूल्य समेत उचित रहेकाले ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले एलएस अटोका गाडी छोटो समयमै यतिका बुकिङ हुनु अपेक्षा भन्दा राम्रो रहेको बताए ।
‘एलएस अटोको गाडी उचित रकममा लग्जरी कार खोज्न चाहनेहरूका लागि निकै उपयुक्त गाडी हो, दसैँ–तिहार लक्षित अफर पनि फेरी कम्पनीले ल्याउँदै छ, यदि यो गाडी खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको त्यो उचित निर्णय हुनसक्छ’, कम्पनीका महाप्रबन्धक नवीन फुयाँलले भने ।
उनले उपभोक्ताले देखाएको एलएस अटो प्रतिको यो मायालाई आगामी दिनमा कायम रहने विश्वास गर्दै स्टलमा भिजिट गर्न आउने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
नेक्सन भेन्चरले एलएस अटोको नयाँ शोरुम तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि सञ्चालनमा ल्याएको छ ।








