नाडा अटो शोमा जीली एक्स ५ को किर्तीमानपूर्ण बुकिङ

काठमाडौँ । हिजोदेखि सम्पन्न नाडा अटो शोमा जीली एक्स ५ विद्युतीय गाडीले उल्लेखनीय बुकिङ हासिल गर्दै कीर्तिमान कायम गरेको छ ।

DreamSmart China को अधिकृत आयातकर्ताको रूपमा नेपालमा Geely EX5  भित्राउने एलआरआर मोटर्स प्रा। लि। नाडाको क्रममा कुल १८७ गाडीहरूको बुकिङ लिँदै सुरुवाती सफलता हासिल गरेको बताएको छ ।

Max र Pro गरी दुईवटा भेरियन्टमा प्रदर्शनीमा राखिएको Geely EX5 को स्टलमा ठूलो संख्यामा दर्शकहरूको भिड लागेको थियो । अत्याधुनिक प्रविधि, अधिक रेञ्ज, र आकर्षक डिजाइनका कारण EX5 ले भरपर्दो, प्रिमियम र स्टाइलिश EV खोज्ने ग्राहकहरूलाई प्रभावित गर्दै उल्लेख्य संख्यामा बुकिङ प्राप्त गर्न सफल भएको जानकारी दिएको छ ।

‘नाडामा जीली एक्स ५ ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ,’ एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठले भने। ‘छ दिनमै १८७ वटा बुकिङ हुनु Geely को नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो। यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय EV उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।’

श्रेष्ठका अनुसार, Geely EX5 श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरूलाई आकर्षित गराएको हो।

गाडी निर्माता जिली होल्डिङ्ग ग्रुप आफैले उत्पादन गरेको यो ब्याट्रिले एट (आठ वटा) निडल परीक्षण पास गरेसँगै संसारकै पहिलो वाटर, फायर र बुलेट प्रुफ प्रमाणित यस ब्याट्रीको आयु ३५ सय चार्ज रिसाइकल (लगभग १० लाख किमी अथवा ५० वर्ष) रहेको कम्पनीले जानकारी दिएको छ जुन हालसम्म उपलब्ध अन्य कुनै पनि ब्याट्रीको क्षमताभन्दा धेरै अधिक हो । साथै आयातकर्ता एलआरआर मोटर्स्ले जिलीका गाडीहरूको ब्याट्रीमा आठ वर्ष वा एक लाख ६० हजार किमीसम्म वारेन्टी समेत दिएको छ ।

एलआरआर मोटर्सका अनुसार, नाडामा Geely EX5  को सफलताले कम्पनीको वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने र नेपालको हरित गतिशील भविष्यलाई समर्थन गर्ने दृष्टिकोणलाई अझ सबल बनाएको छ। बुक गरिएका गाडीहरूको डेलिभरी आजैदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 17 =