पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
२०८२ भदौ ७ गते

फाइल फाेटाे
काठमाडौँ । सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुलेको छ । आज बिहान साढे ६ बजेतिर इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी नै अवरुद्ध थियो ।
झण्डै डेढ घण्टा अवरुद्ध सडक इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोलीसहितको पहलमा दुईतर्फी नै खुलेको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन् । रोकिएका गाडी र यात्रु गन्तब्यतर्फ लागेका छन् । नारायणगढ-मुग्लिन सडकखण्डको तुइनखोलामा पहिरोका कारण पटक-पटक समस्या हुने गरेको छ ।
२०८२ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








