भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन

काठमाडौँ । डेल्टा अटोकर्प प्रा.लि. ले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर उद्घाटन गरिएको छ।
डेल्टा अटोकर्प प्रा.लि भेष्पा अप्रिलिया, नेपालको लागि आधिकारिक बिक्रेता हो। यो नयाँ सर्भिस सेन्टर पिपलबोट, बौद्ध, काठमाडौँमा रहेको छ ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्धता छौँ। यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका ग्राहकहरूलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।’
कम्पनीका अनुसार नयाँ सेन्टरमा अत्याधुनिक उपकरणहरू र अनुभवी प्राविधिकहरू उपलब्ध छन्, जसले स्कुटरहरूको मर्मत र सेवालाई प्रभावकारी बनाउनेछन्।
ग्राहकहरूले अब स्पेयर पार्ट्स, सर्भिस र मर्मतका लागि एउटै छानामुनि सुविधा पाउन सक्नेछन् ।
कम्पनीका निर्देशक एवं सिइओ विजय महतोले नयाँ सर्भिस सेन्टरले ग्राहकहरूलाई बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउने बताए ।
भेष्पा अप्रिलियाका ग्राहकहरूले अब आफ्नो स्कुटरको मर्मतका लागि सहजै सर्भिस सेन्टरमा सम्पर्क गर्न सक्ने बताइएको छ ।








