रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षर र ६५ लाख आर्थीक संकलन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध भइरहेको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर संकलन अभियान तीव्र रूपमा अगाडि बढिरहेको छ ।

अभियान अन्तर्गत हालसम्म देशभरबाट ३४ लाखभन्दा बढी नागरिकले हस्ताक्षर गरिसकेका छन् । साथै, अभियान सञ्चालनका लागि आवश्यक आर्थिक सहयोगस्वरूप ६५ लाख रुपैयाँ संकलन भएको अभियान समितिले जनाएको छ ।

देशभर हस्ताक्षर संकलन गर्ने उद्देश्यले अभियान टोली अहिले देश यात्रामा निस्किएको छ । सो यात्रा सुदूरपश्चिमको कञ्चनपुरबाट हिजो औपचारिक रूपमा सुरु भएको हो ।

पश्चिमदेखि पूर्वसम्म पुग्ने उद्देश्यसहित सुरु गरिएको देश यात्राको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =