पैसा खाएको छ भने थुनेर हुँदैन, पैसा तिर्न लगाउनुपर्छ : अर्थसमिति सभापति चालिसे

काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानुनहरूमाथि प्रश्न उठाएका छन् ।

अहिलेका कानुनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने बताएका हुन् ।

बुधवारको अर्थसमितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे । उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानुन ठिक नभएको समेत बताए । उनले त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।

सभापति चालिसेले भने ‘यस्ता कानुन बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि । कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातावरण हाम्रा कानुनले बनाइदिनुपर्छ । उसले पैसा नपाएर रुवावासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बदमासी गरेको छ भने सम्पत्ति रोक्का गरेर भएपनि हामीले तिनैपर्छ भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?’

बुधवारको अर्थसमिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयकलाई सर्वसम्मति रूपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − fourteen =