‘सिटामोल’ चलचित्रलाई राज्यले ट्याक्स फ्रि गरेर सहुलियत दिनु पर्छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष डा। बाबुराम भट्टराईले गत साउन २३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘सिटामोल’ हेरेका छन् ।

उनले यस चलचित्र हेरेर हलबाट निस्कँदै गर्दा आफू पटक पटक भावुक भएको मिडियासँगको प्रतिक्रियामा बताए ।

उनीसँगै पत्नी हिसिला यमीले समेत ‘सिटामोल’ हेरेकी थिइन् ।

‘पहिलोपटक यतिधेरै आँसु झर्यो । यसैबाट बुझ्नुस् यो सिनेमाको उत्कृष्टता । सिनेमा हेरेर निस्किएपछि पूर्व प्रधानमन्त्री भट्टराईले मिडियासँग प्रतिक्रिया दिँदै भने, मैले हेरेको सिनेमाहरूमध्ये यसलाई उत्कृष्ट मान्छु । यसको मुख्य विषयवस्तु, कथानक, कलाकारको अभिनय, गीतसंगीतको प्रस्तुतिलगायतको समग्रता हेर्दा सिनेमा उत्कृष्ट लाग्यो । यस्तो सिनेमा विरलै बन्छन् ।’

सबै तत्त्वहरूले उत्कृष्ट सिनेमा बन्दा पनि नेपालमा विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनौँ । रिलिज हुँदा हलहरूमा सो पाउन सक्दैनन् । यस्ता सिनेमालाई राज्यले सहुलियत दिन सक्छ । पूरै ट्याक्स फ्रि गरेर, हलमा पनि विभिन्न सुविधा दिन सक्छ तर यो नगर्नु दुखद पक्ष हो । उनले २०४८ सालमा कुनै पनि दलले राजनीतिक तर्फबाट सिनेमाको समर्थन गर्नुपर्छ, बाह्य सिनेमामा निगरानी गरिनुपर्छ भनेर आवाज उठाउने पनि आफूहरू नै रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eighteen =