सौर्य एयरलाइन्स दुर्घटनाबारे अध्ययनका लागि गठित छानविन आयोगको प्रतिवेदन निष्पक्ष छैन : रघुवीर महासेठ

काठमाडौं । नेकपा एमाले सांसद रघुवीर महासेठले सौर्य एयरलाइन्स दुर्घटनाको छानविनका लागि न्यायिक छानविनको जरुरी रहेको बताएका छन् ।
२०८१ साल साउन ९ गते बुधवार काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको नाइनएन एएमई विमान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो ।
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजक रहने गरी सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दीपुराज ज्वारचन, डा.सुदीप भट्टराई, सञ्जय अधिकारी, मुकेश डङ्गोल सदस्यसहितको आयोग गठन गरेको थियो ।
छानविनको प्रतिवेदन विवादित रहेको र सम्बन्धित विमान कम्पनीलाई बचाउन सकभर कोशिस गरिएको देखिएकाले न्यायिक छानविनको माग गरे ।
उनले उक्त प्रतिवेदनलाई निष्पक्ष मान्न नसकिने जिकिर उनको छ । अहिलेसम्म नेपालमा हवाई दुर्घटनाहरु धेरै भएपनि फौजदारी मुद्दामा प्रवेश नगरेको तर सौर्य एयरलाइन्सको विमान दुर्घटनाबाट नै समितिले सरकारलाई फौजदारी मुद्दामा अघि बढ्न निर्देशन दिनुपर्ने माग गरे ।
सांसद महासेठले समितिबाट कारबाहीको लागि माग गर्नुपर्ने बताए ।








