एन्फा महिला लिग छनोट: संकटा र छहारीको दोस्रो जित

काठमाडौं । संकटा क्लव र छहारी युवा क्लवले जारी एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूहमा आफ्नो दाबेदारी दिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदान मंगलवार भएको दोस्रो खेलमा संकटाले झापा एफसीमाथि ४–० र पहिलो खेलमा छहारीले स्टुडेन्ट एफसीविरुद्ध ६–१ को सानदार जित निकालेका हुन् । सात टोली रहेको समूह ‘ए’ मा छहारीले दुई खेलमा सतप्रतिशत जित आत्मसात् गर्‍यो । अर्को समूह ‘बी’ को टोली संकटाको पनि दोस्रो जित हो ।

छहारीले पहिलो खेलमा एफसी रियलेलाई ३–० ले पराजित गरेको थियो । पहिलो पराजय व्यहोरेको स्टुडेन्ट दुई खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा छ । यसअघि स्टुडेन्डले सिन्धुपाल्चोक एफसीलाई ३–१ ले हराएको थियो ।

छहारीको जितमा सुमित्रासिंह पाख्रिनले दुई तथा अस्मिता चौधरी, ललिता मण्डल, सानिमामाया लो र दीपा पुनमगरले समान एक गोल गरे । स्टुडेन्डका लागि सबिना तामाङले गोल फर्काइन् । खेलको १६औं मिनेटमा समित्राको गोलमार्फत छहारीले अग्रता लिएको थियो ।

३५औं मिनेटमा अस्मिताले टोलीको अग्रता दोब्बर बनाइन् । त्यसको तीन मिनेटपछि नै सुमित्राले व्यक्तिगत दोस्रो गोल गरिन् । यससँगै पहिलो हाफमा छहारी ३–० ले अगाडि रह्यो । दोस्रो हाफमा छहारीले तीन गोल थप्दा एक गोल पनि सामना गर्‍यो । ५६औं मिनेटमा ललिताले गोल गर्दै छहारीको अग्रता ४–० मा पुर्‍याइन् ।

सबिनाले ६७औं मिनेटमा स्टुडेन्टका लागि गोल फर्काउँदै अग्रता छोट्याइन् । सानिमाले ७५औं र दीपाले ७६औं मिनेटमा गोल गरे । त्यसपछि थप गोल हुन सकेन र छहारीले ६–१ को सानदार जित निकाल्यो । दिनको दोस्रो खेलमा नेपाली यु–२० महिला टोलीका स्टार खेलाडीले भरिएको संकटाले पनि झापामाथि सहज जित निकाल्यो ।

दुवै हाफमा समान दुई गोल भए । सुक्रिया मियाले दुई तथा प्रतीक्षा राई र रेनिसा शर्माले समान एक गोल गरे । २०औं मिनेटमा सुक्रियाको पेनाल्टी गोलबाट संकटाले अग्रता लिएको थियो । झापाका डिफेन्डरले सुक्रियालाई पेनाल्टी बक्सभित्र लडाएपछि संकटाले अवसर पाएको हो ।

२६औं मिनेटमा संकटाले अर्को पेनाल्टी पायो । यसपल्ट झापाका खेलाडीले पूर्णिमा राईलाई लडाएपछि संकटाले अग्रता दोब्बर बनाउने अवसर पाएको हो । ५५औं मिनेटमा झापाकी गोलकिपर सूजता तामाङले फुत्काएको बललाई नियन्त्रणमा लिँदै प्रतीक्षाले खाली पोस्ट गोल गरिन् ।

८९औं मिनेटमा रेनिसा शर्माले संकटाको चौथो गोल गरिन् । सेनु परियारको कटब्याकलाई वान टचमार्पmत रेनिकाले बललाई जाली चुमाइन् । त्यसपछि संकटाले झापामाथि ४–० ले सहजै आफ्नो बनायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =