विश्वप्रख्यात जीली एक्स ५ र जेवाई एयर ‘नाडा अटो शो-२०२५’मा सार्वजनिक

काठमाडौँ । विश्वप्रसिद्ध चीनिँया ईभी ब्रान्ड जीली एक्स ५ र जेवाई एयरका गाडीहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छ । मंगलबारदेखि सुरु भएको ‘नाडा अटो शो-२०२५’ मा गाडीहरू सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएसँगै जीली एक्स ५ र प्रो जेवाई एयर साथै लाइट अत्याधुनिक सुविधाहरूआकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन् । ड्रीमस्मार्ट चीनको अधिकृत आयातकर्ता एलआरआर मोटर्सले जिल्ली एक्स ५ नेपालमा भित्राएको हो, भने LRR मोटर्स JY अटो ग्रुपको नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।
यस वर्षको नाडा अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ । अब ग्राहकहरूले आकर्षक Geely EX5 Max रु. ६४.९९ लाखमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्य भन्दा रु. ३ लाख कम हो । त्यस्तै, स्टाइलिश Geely EX5 Pro रु. ५४.९९ लाखमा उपलब्ध छ, जबकि यसको वास्तविक मूल्य रु. ५८ लाख कायम भएको थियो ।
त्यसैगरी, JY Air का प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ । सुरुमा रु. ६८ लाखको मूल्य रहेको JY Air Ultra अहिले रु. ६४.९९ लाखमा उपलब्ध छ भने सुरुमा रु. ५४ लाख मूल्य भएको केवल JY Air Lite रु. ४९.९९ लाखमै खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ । यी विशेष अफरहरूसँगै,LRR Motors ले स्टाइल , फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई–मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको बताइएको छ ।
यसैगरी, LRR Motors ले Geely EX5 र JY Air दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ । रु. २ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै iPhone १६ Pro Max वा एक तोला सुन, वा रु. १,८०,००० सम्मको नगद छुट मध्ये कुनै एक पाउने अवसर प्राप्त गर्ने बताइएको छ ।
यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई-मोबिलिटीलाई अझ आकर्षक बनाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।








