प्रोटोन मलेसिया र जगदम्बा मोटर्सबीच सहकार्य, नेपालमा प्रोटोन इमास ७ को शुभारम्भ

काठमाडौँ । प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले मलेसियामा नै विकास गरिएको पहिलो इलेक्ट्रिक गाडी प्रोटोन इमास ७ को शुभारम्भमार्फत सहकार्य गरेको छ ।
प्रोटोन र गीलीबीचको सहकार्यमा विकास गरिएको प्रोटोन इमास ७ ले विश्वस्तरीय इलेक्ट्रिक सवारी प्रविधि र डिजाइनलाई क्षेत्रीय बजारका आवश्यकता अनुसारको बुझाइसँग संयोजन गरेको कम्पनीले जनाएको छ ।
प्रोटोन इमास ७ को नेपालमा औपचारिक शुभारम्भ प्रोटोनका प्रमुख कार्यकारी अधिकृत डा. ली चुनरोङको उपस्थितिमा काठमाडौँमा सम्पन्न भयो, जहाँ उनले समारोहको उद्घाटन गरे ।
प्रोटोन इन्टरनेशनल कर्पोरेसन एसडीएन बिएचडीका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङले भने ‘हाम्रो साझेदारी जगदम्बा मोटर्ससँग, जुन नोभेम्बर २०१८ देखि प्रोटोनको एकमात्र आधिकारिक वितरक रहँदै आएको छ, प्रोटोन र गीलीबीचको सबल सहकार्यको प्रमाण हो,हामीले संयुक्त रूपमा यस वर्ष मार्चमा मलेसियामा निर्मित पहिलो इलेक्ट्रिक गाडी नेपालमा सफलतापूर्वक भित्र्याएका छौँ र हामी हाम्रो संयुक्त विशेषज्ञता र प्रतिबद्धताले ग्राहकहरूलाई बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्नेमा विश्वस्त छौँ । हामी नेपाली बजारमा दीर्घकालीन र सफल उपस्थितिका लागि प्रतिबद्ध छौँ । विशेष रूपमा उल्लेखनीय कुरा के हो भने, हलसम्म गीलीले नेपालमा गीली–ब्रान्डेड सवारीहरूको कुनै आधिकारिक वा अनुमोदित विक्रेता नियुक्त गरेको छैन । हाम्रो नेपालमा भएको यस साझेदारीमार्फत हाम्रो ध्यान पूर्ण रूपमा प्रोटोन ब्रान्ड र प्रोटोन इमास ७ मा केन्द्रित छ ।’
कम्पनीले ग्राहकहरूलाई सहयोग गर्ने र दीर्घकालीन सहकार्य गर्ने दृढ योजना तयार पारेको छ ।








